धनुषामा विवाह भोज खाएका जन्तीसहित सय जनाभन्दा वढि विरामी

जनकपुर– धनुषाधाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीमा विवाह भोज खाएका जन्तीसहित सय जना भन्दा बढी बिरामी परेका छन्।
नरेश महराको छोरीको बिहेमा खाजा खाएपछि जन्ती र पाहुना विरामी परेका हुन। गएराति राति जनकपुर उपमहानगरपालिका–२३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेका थिए। स्वयम्बरपछि खाजा खान दिने सल्लाह भयो।
खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार खाजा खाएलगतै सवैलाई पेट दुख्ने, बान्ता हुने, कमजोर हुने समस्या सुरु भएको थियो।
विरामी मध्ये करिव ५० जनालाई प्रादेशिक अस्पताल जनकपुर र अन्यको क्लिनिकहरुमा उपचार भईरहेको प्रमुख यादवले बताए। केही भने उपचारपश्चात निको भएर घर समेत फर्किएका छन्।
घट्नाको अनुशन्धानका लागि स्वास्थ्यकर्मीहरुले खाजाको नमुना संकलन गरेका छन्। ल्याबमा परीक्षण गरेपछि थप कुरा बताउन सकिने यादवको भनाई छ।