श्रीमतीको हत्या गरी पूजा कोठामा शव गाडेर भागेका श्रीमान पक्राउ, छोरी अझै सम्पर्कविहिन

जनकपुर— २ महिनाअघि श्रीमतीको हत्या गरेर फरार भएका धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–५ का हरिराम यादव पक्राउ परेका छन्।

हरिराममाथि श्रीमती २० वर्षीया अञ्जली यादवको हत्या गरेको आरोप छ। गत १७ फागुनमा अञ्जलीको शव पूजा कोठामा गाडेको अवस्थामा फेला परेको थियो। हरिराम भने १० महिने छोरीसहित वेपत्ता थिए।

अञ्जलीको हत्यामा हरिरामकै संलग्न रहेको प्रहरीको आशंका छ। उनी पक्राउ परे पनि छोरीको अवस्था अझै अज्ञात छ। प्रहरीका अनुसार हरिराम र अञ्जलीको सम्वन्ध राम्रो नरहेको अनुसन्धानमा खुलेको छ।

प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुशन्धानका लागि म्याद थप गरेर उनलाई हिरासतमा राखेको एसपी नरहरि रेग्मीले जानकारी दिए।

स्थानीयका अनुसार घट्नाको केही दिनअघि अञ्जली र हरिरामको झगडा भएको थियो। त्यसपछि श्रीमान–श्रीमती र छोरी समेत देखिन छोडेका थिए। परिवारै सम्पर्क विहिन भएको स्थानीयले सूचना दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

शंका लागेपछि घरमै खोजतलास गर्दा अञ्जलीको शव पूजा कोठामा गाडेको र सडेगलेको अवस्थामा फेला परेको थियो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट