उदयपुरमा कुखुरा फर्ममा काम गर्दै गरेकी १७ वर्षीया किशोरीको करेन्ट लागेर मृत्यु

गाईघाट— उदयपुरको बेलका नगरपालिका–५ मा शुक्रबार बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।
स्थानीय संजिव कार्कीकी १७ वर्षीया छोरी दुर्गा कार्की बिहान साढे ८ बजे आफ्नै घर नजिकको कुखुराको फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। छटपटाइ रहेको अवस्थामा देखेपछि आफन्तहरूले उनलाई तत्काल उपचारका लागि बेलका नगर अस्पताल लगेका थिए।
उपचारकै क्रममा विहान करिव साढे ९ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
प्रतिक्रिया