धरानमा २१ सय किलो गाँजासहित ट्रक नियन्त्रणमा, संलग्न ब्यक्ति फरार

इटहरी– सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गबाट सशस्त्र प्रहरीले सोमबार ठूलो परिमाणमा गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रकबाट करिब २ हजार १ सय ३० किलोग्राम (२,१३० किलो) गाँजा बरामद भएको जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल, धरान सुरक्षा बेसको टोलीले विशेष सूचनाका आधारमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक जाँच गरेको थियो। त्यस क्रममा ट्रकभित्र लुकाइछिपाइ ल्याइँदै गरेको गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

उक्त ट्रकमा ७० बोरा गाँजा र ३१ बोरा अदुवा तथा अन्य तरकारी राखिएको पाइएको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्ति र ट्रक चालक भने प्रहरीलाई देखेपछि फरार भएका छन्। हाल उनीहरुको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले बरामद गाँजा, ट्रक र अन्य सामग्रीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट