चीनविरुद्धको एनजिओ, हतियार तस्करी र जेनजी आन्दोलनका ‘कमाण्डर’ सुदन गुरुङको यस्तो छ कनेक्सन

काठमाडौँ– भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाउन खोजेको प्रतिबन्धविरुद्ध भदौ २३ र २४ गते जेनेरेशन जेड अर्थात् ‘जेन जी’ ले सुरु गरेको आन्दोलन अचानक निर्णायक मोडमा पुग्यो। शान्तिपूर्ण सुरुवात भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि २७ घण्टामै प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिन बाध्य भए।

आन्दोलनका कारण हालसम्म प्रहरीसहित ५१ जनाको मृत्यु भईसकेको छ भने झण्डै ३ सय जना घाईते अहिले पनि अस्पतालमा उपचाररत छन्। आन्दोलनमा ५ पटक प्रधानमन्त्री भईसकेका र मुलुकको प्रमुख पार्टीका सभापति समेत रहेका शेरवहादुर देउवा तथा उनकी पत्नि एवम् वहालवाला परराष्ट्र मन्त्री आरजु देउवाले घरमै कुटाई खाए।

सिंहदरबार, सर्वोच्च अदालत लगायत मुलकका महत्वपूर्ण संरचनामा आगो लगाईयो। आन्दोलनले सत्ता र प्रतिपक्षमा रहेका प्रमुख राजनीतिक दललाई प्यारालाईज्ड बनायो भने अधिकांश नेताहरु अहिले पनि नेपाली सेनाको सुरक्षामा लुकेर वस्नु परेको छ। नेताको पहिचान वनाएका कसैले पनि अहिले राजधानीमा मुण्टो देखाउन सकेको छैनन्। नेपाली सेना वाहेक नेपालका अधिकांश राज्य संयन्त्र निस्कृय भए। नेपाली सेनाले देशको नेतृत्व लियो र जेनजीसँगको सहमतिमा अन्तरिम सरकार गठनको प्रयास गरिरहेको छ।

यसरी अचानक र अप्रत्यासित राजनीतिक र सुरक्षा व्यवस्था परिवर्तन गर्ने आन्दोलनको अगुवाई कस्ले गर्यो भन्ने विषयमा अहिले धेरैले चासो देखाएका छन्। त्यही क्रममा एउटा नाम अगाडि आएको छ— सुदन गुरुङ। जसलाई आन्दोलनका ‘कमाण्डर’ मान्न थालिएको छ। गुरुङले पत्रकार सम्मेलनमा ‘जेन जी आन्दोलनमा मारिएका युवालाई गोली हान्नेहरूलाई जसरी भए पनि कारबाही गर्ने’ घोषणा गरेपछि उनी राजनीतिक र सुरक्षागत वृत्तमा बढी चर्चामा आएका छन्।

सुदन गुरुङ ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष हुन। उक्त संस्था सन् २०२० मा दर्ता भएको हो। दर्ता नम्बर ६०९७८९०६५ रहेको यस संस्थाको कुल पूँजी २९ करोड ५१ लाख रुपैयाँ देखाइएको छ। जसमा १९ करोड ११ लाख खर्च भइसकेको र हाल १० करोड ४० लाख बाँकी रहेको विवरण सार्वजनिक गरिएको छ।

संस्थाका प्रमुख दातामा डा. सन्दुक रुइत, शंकर ग्रुपका साहिल र सुलभ अग्रवाल, उपेन्द्र हिरावतलगायत छन्। तर, रोचक तथ्य के हो भने यस संस्थालाई चीनविरुध्द तिब्बती शरणार्थीहरुले चलाएको ‘स्टुडेण्ट फर अ फ्रि तिब्बत’ नामक अन्तर्राष्ट्रिय एनजिओ र व्यवसायी दीपक भट्टको इन्फिनिटी होल्डिङले पनि आर्थिक सहयोग उपलब्ध गराएको छ। यो विषयमा जनआस्था समेतले समाचार प्रकाशित गरिसकेको छ।  यो विन्दुले भने सवैको चासो अझै गहिरो भएको छ। किनकी चीन नेपालको छिमेकी मुलुक हो। जो एक चीन नीतिमा अडिग छ। अव प्रश्न उठ्छ चीनविरुद्ध काम गर्ने संस्थाको पैसा परिचालन गर्ने संस्थाको जेनजी आन्दोलनमा प्रत्यक्ष संलग्नताले के अर्थ राख्छ ?

अव यहाँ दीपक भट्टसँगको सम्वन्धको चर्चा पनि जरुरी छ। जसको नाम नेपाल प्रहरीको पुरानो हतियार खरिद प्रकरणसँग जोडिन्छ। जहाँ व्यापारी दीपक भट्ट प्रमुख पात्रका रूपमा देखिएका थिए। २०७१ सालमा तत्कालीन एआईजी राजेन्द्रसिंह भण्डारीले रोकिदिएको हतियार खरिद प्रक्रियामा तत्कालीन गृहमन्त्री वामदेव गौतम, प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, अख्तियार प्रमुख लोकमानसिंह कार्की र ठेकेदार दीपक भट्टको नाम जोडिएको थियो।

जर्मनीको कम्पनीसँग गरिएको सहमतिमा ३५० डलर पर्ने हतियारलाई ७९८ डलरमा नेपाललाई बेच्ने प्रस्ताव तयार भएको थियो। मात्र मूल्य अन्तरबाटै करिब ९४ करोड रुपैयाँको कमिसन उठ्ने अनुमान थियो। भण्डारीले फाइल रोकेपछि उनको सरुवा मात्र भएन, अख्तियार र गृह मन्त्रालयबाट दबाबको सामना पनि गर्नुपर्‍यो।

दीपक भट्ट सुरक्षासम्बन्धी सामग्री आपूर्तिलगायत, जलस्रोतमा विदेशी कम्पनी ल्याउने, पुनर्बीमा र पुँजीबजारसम्म सक्रिय रहेका व्यापारी हुन्। पछिल्लो समय उनी सम्पत्ति शुद्धीकरणको छानबिनमा पनि तानिएका छन्।

उनकै इन्फिनिटी होल्डिङ ‘हामी नेपाली’ संस्थाको प्रमुख दाता रहेको तथ्य बाहिरिएपछि गुरुङ नेतृत्वको आन्दोलन र भट्टको विवादास्पद हतियार–व्यवसायबीच कस्तो सम्बन्ध छ ? भन्ने प्रश्न पनि खडा भएका छ।

नेपालमा चीनविरुद्धको एनजिओ गतिविधि संवेदनशील मानिन्छ। बुढीगण्डकी जलविद्युतदेखि अन्य ठेक्कासम्म चिनियाँ कम्पनी ल्याउने भट्टकै संलग्नता रहे पनि, अर्कोतर्फ उनको संस्था–सम्बद्ध समूहले तिब्बती एनजिओबाट सहयोग लिएको खुलासाले भूराजनीतिक विरोधाभास देखाएको छ।

भीडीओ हेर्नुहोस।

दोस्रो भीडीओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट