माओवादी सांसद रहबर अन्सारीले सदनमा आफैंलाई कालोमोसो दलेपछि मधेस प्रदेश सभामा हंगामा (फोटो फिचर)

जनकपुर– नेपालको राजनीतिमा जे पनि सम्भव छ। नेताहरुले चर्चामा वेला वेलामा विभिन्न खाले स्टण्ट गर्छन। त्यसै क्रममा आज मधेस प्रदेश सभामा माओवादीका प्रदेश सभा सदस्यले अर्को अनौठो स्टण्ट गरे।

यो स्टण्टले सभामा उपस्थित अन्य सदस्यहरु आश्चर्यमा परे। शनिवार मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने कार्यक्रम थियो। सम्भवतः नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसदले पनि सोनललाई विश्वासको मत दिने समझदारी थियो।

तर, प्रदेश प्रदेश सभाका दुई सांसदहरु रहबर अन्सारी र माला कर्णले पार्टीमा विद्रोह गरे। उनिहरुले सोनलाई विश्वासको मत नदिने घोषणा गरे। पार्टी निर्णयविरुद्ध विश्वासतको मत नदिने बताएका उनिहरुले पार्टीले कारबाही गरे भोग्न तयार रहेको पनि बताए। ‘हामी विश्वासको मत दिँदैनौँ, पार्टीले हामीलाई सजाय दिए पनि हामी भोग्न तयार छौँ,’ बैठकमा उनीहरूले भने।

अन्सारी बोलिरहेका बेला सभामुख रामचन्द्र मण्डलले माइक काट्नुअघि अन्सारीले विरोध जनाउँदै एक्कासि आफैँलाई मोसो दले। सांसद अन्सारीले सदनभित्रै मोसो दलेपछि बैठकमा हंगामा भएको थियो।

यो प्रकरण कारण मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजिनामा दिए। विश्वासको मत नपाउने निश्चित भएपछि उनले राजीनामा दिएका हुन्। कांग्रेस र एमालेलाई पाखा लगाई गठबन्धन बनाएर सत्तामा पुगेका सोनलको सरकार २५ दिनमै ढलेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट