अन्तिम संस्कारका अचम्मका प्रथाः लाशलाई कुहाएर रक्सी बनाउनेदेखि काटेर खानेसम्म (फोटो फिचर)

राजविराज– व्रम्हाण्डमा एउटै सत्य छ, जसको जन्म हुन्छ उसको मृत्यु पनि अवश्य हुन्छ। भनिन्छ, मृत्युपछि आत्मा यही पृथ्वीमा रहन्छ र धर्तीमै भट्किरहन्छ। आत्माको शान्तिका लागि अलग–अलग धर्म समुदायका मानिसले आ–आफनो तरिकाले अन्तिम संस्कारका प्रथाको पालना गर्छन। यद्यपी, अधिकांश मानिसलाई यी प्रथा मध्ये जलाउने र गाड्ने मात्रै जानकारी छ। तर, जलाउने र गाड्ने वाहेक पनि अन्तिम संस्कारका कयौं प्रथा छन्, जुन सुनेर धेरैलाई विश्वास नै नलाग्न पनि सक्छ।

शवलाई काटेर खाने
यो प्रथा सुन्दा अचम्म लाग्छ, यस्तो पनि हुन्छ ? अन्तिम संस्कारका नाममा शव खाने पनि प्रथा छ, यो सत्य हो। लगभग ८ लाख वर्ष पुरानो यो प्रथा आज पनि इंडो–यूरोपीय क्षेत्रमा चलिरहेको छ। यो प्रथामा मान्छे मरेपछि आफन्तहरु जम्मा भएर लाशलाई काटेर खान्छन्। कतिपयले भने यसलाई कुहाउन राख्छन। लाशलाई त्यस वेलासम्म कुहाईन्छ, जवसम्म लाशबाट पानी जस्तो तरल पदार्थ निस्किदैन। लाश कुहिएपछि त्यसबाट रक्सी बनाउने र मृतकको सम्झनामा त्यसलाई सेवन गर्ने गरेको इतिहाँसकारहरु वताउँछन्।

शवलाई मोतीमा वदल्ने प्रथा
मर्ने ब्यक्तिको अन्तिम संस्कार गर्ने विभिन्न प्रथा मध्ये शवलाई मोतीमा वदल्ने प्रथा पनि एक हो। यो प्रथा अनुसार शवलाई रंग–बिरंगका मातिमा सजाउने गरिन्छ। जसका कारण मृतकको अवशेष गहनाहरुमा सुरक्षित रहन्छ। यो गहना मृतकका आफन्तलाई चिनोको रुपमा रहन्छ। यो प्रथा आज पनि दक्षिण कोरियाका कतिपय क्षेत्रमा प्रचलनमा छन्।

शवलाई मुर्दाघाटबाट निकालेर रमाईलो
मेडागास्कर जस्ता क्षेत्रमा कसैको मृत्यु हुँदा अन्तिम संस्कारका रुपमा पहिले शवलाई गाडिन्छ। त्यसको केही दिनपछि (मासु सडेर कंकाल मात्र रहेपछि) मसानघाट फेरी शवलाई बाहिर निकालिन्छ। त्यसपछि कंकाललाई कपडामा वेरेर गाउँमा लगिन्छ वरिपरी जम्मा भएर नाच–गान गरिन्छ। मृतकको कंकाल मात्र रहुनको अर्थ आत्माले अर्को शरीर धरण गरिसेको रुपमा यहाँका मासिसहरुले विश्वास गर्ने गरेका छन्। यो प्रकृयालाई ‘फैमडिहाना’ भन्ने गरिन्छ।

शव काटेर गिद्धलाई गिद्धलाई खुवाउने
यो प्रथा तिब्बजमा अहिले पनि धेरै पाईन्छ। यहाँका बौद्ध धर्माबलम्वीहरुले आफन्तको अन्तिम संस्कारका लागि यो प्रथा अपनाउने गरेका छन्। यहाँ शवलाई पहिला सानो सानो टुक्रा पारेर काटिन्छ, त्यसपछि अन्तिम संस्कार गर्ने ठाउँमा लगेर धार्मिक अनुष्ठान गरिन्छ। त्यसपछि मासुका टुक्राहरुलाई अन्नको पिठोमा मिसाएर बाज र गिद्ध जस्ता पंक्षिका लागि राखिदिने चलन छ। यसो गर्दा आत्म बलिदानको अनुभुती हुन्छ, किनकी शवलाई गाड्दा पनि किराले नै खाने हो। तिब्बतमा ठुला ठुला पहाड छन् तर, त्यहाँ रुख विरुवा छैनन्। त्यसैले दाउरको कमी छ। अर्कोतर्फ त्यहाँको जमिनमा ढुङ्गाको मात्रा धेरै छ। यसरी जलाउन दाउराको अभाव हुने र गाड्नका लागि खाडल खन्न पनि समस्या हुने भएकाले यो प्रथा निरन्तर चल्दै आएको वताईन्छ।

औला काट्ने प्रचलन
पपुआ गिनी जस्ता देशमा मान्छे मरेपछि औला काट्ने प्रचलन छ। यो प्रचलन धेरै वर्षदेखि चल्दै आएको थियो, तर अहिले यसलाई वन्द गरिएको छ। किनकी यो प्रथामा लाशको नभई मृतक परिवारका कुनै एक सदस्यको औला काट्ने प्रचलन थियो। कुनै एउटा नभई एउटा हातका पाँच वटै औला काट्ने चलन थियो। यो गर्दा मृतकको आत्माले दुःख दिदैन भन्ने मान्यता रहेको बताईन्छ।

गिद्धका लागि शवलाई टावरमा फ्याक्ने
ये प्रथा ईरान जस्ता देशमा अहिले पनि प्रचलनमा छ। यो प्रथामा मृतकका आफन्तहरु ‘टावर अफ साइलेन्स’ नामको स्थानमा जान्छन्। यसअघि लाशलाई गाई÷गोरुको पिसावले धुने चलन छ। त्यसपछि लाशलाई टावरमा फ्याल्दिने गरिन्छ। त्यहाँ लाशलाई गिद्धले खाने गरेको छ।

यस वाहेक पनि विश्वमा अन्तिम संस्कारका अनेक तरिका छन्। न्यू आरलियन्समा शवलाई बैंड–बाजासहित अन्तिम शवयात्रा निकालने चलन छ। त्यसपछि त्यसलाई गाड्ने गरिन्छ। फिलिपिन्सको पश्चिमी इलाकामा बाँधेर शवलाई जलाउने गरिन्छ। फिलिपिन्सकै मनिलामा सुखा काठमा लाशलाई गाड्ने गरिन्छ।
पत्रिका डटकमको सहयोगमा


प्रतिक्रिया

One thought on “अन्तिम संस्कारका अचम्मका प्रथाः लाशलाई कुहाएर रक्सी बनाउनेदेखि काटेर खानेसम्म (फोटो फिचर)

  1. Hamro sanatan sanskar ma sab lai jalaune r mato muni gadne pratha x.r tyahi uttam pani x.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट