१३ वर्षीया बालिका ब*लात्कार गरेको आरोपमा बोर्डिङ पढाउने शिक्षक पक्राउ

गाईघाट— खोटाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ। दिक्तेलस्थित दिक्तेल इंलिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षकलाई प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो। पक्राउ परेका शिक्षक सोलुखुम्बुका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर सुशान्त मिश्रका अनुसार शिक्षकले शनिबार होमवर्क सिकाई दिने भन्दै बालिकालाई कोठामा बोलाएका थिए। सोही समयमा उनले बालिकालाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो।

सोही उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरी अनुशन्धानका लागि आइतबार म्याद थप गरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ का २४ वर्षीय आरोपित शिक्षकले बलात्कारपछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेका थिए।

पीडित बालिका रुँदै घरमा पुगेपछि मात्रै अभिभावकले घटनाबारे जानकारी पाएका थिए। त्यसपछि पीडित बालिकाका बुवा र काका शिक्षकको कोठामा पुगेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए। बालिकाको स्वास्थ्य परीक्षणपछि राति ११ बजे शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिएको थियो।

विद्यालयका छात्राहरुले जानकारी दिए अनुसार ती शिक्षकले गत मंसिरमा आयोजना गरिएको शैक्षिक भ्रमणदेखि बालिकालाई केही सिकाउने बाहनामा बोलाउने र अश्लील गतिविधि गर्ने गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट