चितवन–२ मा सोविता गौतमको विवाह विवाद पुनः चर्चामाः चितवन घर भएको प्रमाणित गर्न चुनौती
चितवन– चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनेकी सोविता गौतमको विवाह फेरि चर्चा र चुनावी बहसको केन्द्रमा पुगेको छ।
प्रचारप्रसार तीव्र भइरहेका बेला नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले गौतममाथि गम्भीर आरोप लगाउँदै उनले ‘मेरो घर चितवन हो’ भनेर झुठो बोलेको दाबी गरेका छन्। उनीहरूका अनुसार गौतमले अहिलेसम्म विवाह दर्ता गरेकी छैनन्। एक नेताले भने गौतममाथि प्रश्न उठाउँदै चितवन आफ्नो घर भएको दाबी प्रमाणित गर्न चुनौती दिएका छन्।
नेकपाका नेताहरूले सार्वजनिक रूपमा नै प्रश्न उठाउँदै भनेका छन– ‘चितवन घर हो भनेर ढाँट्ने ? हो भने विवाह दर्ता देखाउनु पर्यो हामीलाई।’ उनीहरूले कानुनी रूपमा आफ्नो घर चितवन हो भनेर गौतमले किन स्पष्ट रूपमा भन्न नसकेको भन्दै थप प्रश्न गरेका छन्। दोलखा घर भएकी गौतम चितवनमा चुनाव जितेपछि फर्केर नआउने आरोप पनि उनीहरूले लगाएका छन्।
अघिल्लो निर्वाचनमा उनलाई जिताएका काठमाडौं–२ का मतदाता अहिले पछुताइरहेको दाबी गर्दै नेकपाका नेताहरूले सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूले पनि उक्त दाबीलाई पुष्टि गरिरहेको बताएका छन्।
प्रचार अभियानका क्रममा नेकपाका नेताहरूले गौतममाथि अर्को गम्भीर आरोप पनि लगाएका छन्। उनीहरूले चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नगएको, विकास निर्माणका विषयमा ठूला कुरा गर्ने तर मतदातासँग व्यवहार राम्रो नगरेको आरोप लगाएका छन्। अझै अघि बढ्दै उनीहरूले विकास निर्माणका कुरा गर्ने स्थानीय युवाहरुलाई गौतमले ‘गाँजा खाएर दुव्र्यवहार गरेको’ भन्ने आरोप लगाएको बताए।
तर अहिले चितवनमा आएर ‘मैले काठमाडौं–२ मा ४ खर्बको विकास गरेको, एम्बुलेन्स नपुग्ने ठाउँमा सडक पुर्याएको’ भन्दै भाषण गरेको भन्दै तीव्र आलोचना गरेका छन्।
यद्यपि, नेकपाका नेताहरूले सबैभन्दा बढी प्राथमिकता दिएको विषय भने गौतमको विवाह र विवाह दर्ता नहुनुको मुद्दा बनेको छ। उनीहरूले गौतमले विवाह किन दर्ता गरिनन् भन्ने प्रश्न बारम्बार उठाइरहेका छन्, तर यसबारे स्पष्ट कारण भने हालसम्म सार्वजनिक रूपमा खुलेको छैन।
जानकारी अनुसार गौतमले गत जेठ ७ गते चितवनका व्यवसायी तथा तत्कालिन माओवादी केन्द्र (हाल नेकपा) का युवा नेता गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छिन्। घिमिरेको यो दोस्रो विवाह हो। गौतमसँग विवाह हुनुअघि नै उनका दुई जना सन्तान रहेको बताइन्छ—१४ वर्षका छोरा र १६ वर्षकी छोरी।
छोरी हाल अमेरिकाको टेक्सासमा आफ्नी आमासँग बस्दै आएकी छन् भने छोरा भने चितवनस्थित घिमिरेकै घरमा रहेको बताइन्छ। यद्यपि, घिमिरेको पहिलेकी श्रीमतीसँग पारपाचुके भइसकेको भनिएको छ।
पार्टीलाई समेत जानकारी नदिई गोप्य रूपमा गरिएको उक्त विवाहपछि गौतम सुहागरातका लागि जापान गएकी थिईन। घिमिरेलाई पुष्पकमल दाहाल (प्रचण्ड) का नजिकका व्यक्तिका रूपमा चिनिने गरिएको छ। उनी व्यवसायीसमेत हुन् र गृष्मा ब्रोडकास्टिङ तथा हिमालय कन्स्ट्रक्सनसँग सम्बन्धित रहेको बताइन्छ।
चुनावी माहोल तातिरहेका बेला गौतमको निजी जीवनसँग जोडिएको यो विषयलाई विपक्षी दलका नेताहरूले राजनीतिक मुद्दाको रूपमा उठाउन थालेपछि चितवन–२ को चुनावी वातावरण झनै तातिएको छ। विवाह दर्ता, बसोबासको कानुनी आधार, निर्वाचन क्षेत्रसँगको सम्बन्ध र अघिल्लो निर्वाचन क्षेत्रसँगको सम्बन्धबारे उठेका प्रश्नहरूले अहिले सामाजिक सञ्जालदेखि राजनीतिक मञ्चसम्म बहस सिर्जना गरेको देखिन्छ।
भीडीओ हेर्न यहाँ क्लिक गर्नुहोस।
लोकप्रिय
सीके राउतलाई लगातार झट्काः उम्मेदवारले नै पार्टी छोड्ने श्रृंखलाले जनमत पार्टीको संगठन र चुनावी गणितमै भूकम्प
अमेरिकामा खुँडा प्रहार गरी श्रीमती र छोरीको हत्या गर्ने नेपाली उदयपुरका, प्रहरी कारबाहीमा आरोपी पनि मारिए
ताजा अपडेट
अमेरिकामा खुँडा प्रहार गरी श्रीमती र छोरीको हत्या गर्ने नेपाली उदयपुरका, प्रहरी कारबाहीमा आरोपी पनि मारिए
