प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ न्यौपानेसहित ११ पक्राउ
काठमाडौं– सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा कर्जा प्रवाह गरेको अभियोगमा हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम पनि छन्। सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ।
नेपाल राष्ट्र बैंकको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन्। पक्राउ पर्ने अन्यमा सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ छन्।
सीआईबीको अनुुसन्धानका क्रममा तीन वटा कम्पनीलाई कमसल धितो राखेर कर्जा प्रवाह गरेको भेटिएको छ। सीआईबीकी निर्देशक किरण बज्राचार्यका अनुसार उनीहरुमाथि कमसल धितोका आधारमा कम्तीमा दुई अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको आरोप छ।
लोकप्रिय
मन्त्री बब्लु गुप्ताः देउसीको पैसा हजम गरेर टाप, मिटरब्याज पीडितको आन्दोलनबाट लखेटिएका विवादास्पद पात्र
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
