झापामा आमा र २ बच्चा मृत फेलाः ओछ्यानमै थिए ७ र २ वर्षका बालकका शव
दमक– झापाको शिवसताक्षी नगरपालिका–३, भोटेपुल स्थित एक घरमा शुक्रबार बिहानै दुई जना बच्चा र आमा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार सुजन वेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा २ वर्षीय आयुष मृत फेला परेका हुन्।
आमा झुन्डिएको अवस्थामा र दुई छोरा ओछ्यानमा मृत भेटिएका हुन्। प्रहरीका अनुसार घटनास्थलमा बमिट गरेको भेटिएको छ भने विषादीको गन्धसमेत भेटिएको छ। सुजन वैदेशिक रोजगारीमा रहेको बताइएको छ।
प्रहरीले घट्नाको अनुशन्धान थालेको एसपी केसीले जानकारी दिए।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
निर्वाचन प्रहरीको ड्युटीपछि रोजगारी खोज्दै हैदरावाद पुगेका युवकको दुःखद अन्त्य, सडक दुर्घटनामा मृत्यु
