झापामा आमा र २ बच्चा मृत फेलाः ओछ्यानमै थिए ७ र २ वर्षका बालकका शव

दमक– झापाको शिवसताक्षी नगरपालिका–३, भोटेपुल स्थित एक घरमा शुक्रबार बिहानै दुई जना बच्चा र आमा मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीका अनुसार सुजन वेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका ७ वर्षीय जेठा छोरा विशाल र कान्छा २ वर्षीय आयुष मृत फेला परेका हुन्।

आमा झुन्डिएको अवस्थामा र दुई छोरा ओछ्यानमा मृत भेटिएका हुन्। प्रहरीका अनुसार घटनास्थलमा बमिट गरेको भेटिएको छ भने विषादीको गन्धसमेत भेटिएको छ। सुजन वैदेशिक रोजगारीमा रहेको बताइएको छ।

प्रहरीले घट्नाको अनुशन्धान थालेको एसपी केसीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट