सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई मन्त्रालयले हटायो

काठमाण्डौं- गृहमन्त्रालयले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएर रुद्रसिंह तामाङलाई पठाएको छ

विभागमा लगिएका तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।

यो सहित एकै पटक ६ जिल्लाका सीडीओसहित १० जना सहसचिव सरुवामा परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुवेदीलाई दाङको सीडीओ बनाएर पठाईएको छ।

दैलेखका सीडीओ गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृत बनाईएको छ । यसैगरी, रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृह मन्त्रालय तानिएको छ।

पाण्डेको ठाउँमा मन्त्रालयका सहसचिव गणेश अर्याललाई पठाईएको छ। मन्त्रालयका सहसचिव शिवराम गेलाल महोत्तरीको सीडीओ भएका छन्। त्यहाँका सीडीओ दीपक कुमार पहाडीलाई भने गृह मन्त्रालयमा तानिएको छ।

भक्तपुरका सीडीओ खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा तानेर बागलुङकी सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुर पठाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट