एमालेको सचिबालय वैठकः नेम्वाङ वस्ने कुर्सीमा माला

काठमाण्डौं– नेकपा एमालेको आकस्मिक सचिवालय बैठक चलिरहेको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनपछि एमोलेको आकस्मिक बैठक बसेको हो ।

नेम्वाङको गएराति साढे १ वजे हृदयघातका निधन भएको थियो । जारी बैठकमा नेम्वाङको कुर्सीमा माला राखिएको छ ।

वेहोस अवस्थामा शौचलायमा लडेको फेला परेपछि परिवारका सदस्यले उनलाई टिचिङ अस्पताल लगेका थिए। अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

उनको पार्थिव शरीर अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा लगिँदैछ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ ।

संविधान सभा अध्यक्ष नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टिको दिन निश्चित हुने छ । यद्यपि २८ गते मुन्धुम सँस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी छ । उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट