लिबियामा डेनियल आँधीमा परि ७ हजारको ज्यान गयो, मर्नेको संख्या २० हजार पुग्ने आँकलन (फोटो फिचर)

काठमाण्डौं– अफ्रिकी देश लिबियाको तटीय सहर डेर्नामा आईतवार आएको शक्तिशाली डेनियल आँधीका कारण अहिलेसम्म झण्डै ७ हजारले ज्यान गुमाएका छन्।

विभिन्न समाचार एजेन्सीले मृत्यु हुनेको फरकफरक आँकडा सार्वजनिक गरेका छन्। हालसम्म ६ हजार ८ सय ८६ जनाको शव भेटिएको सहरका मेयर अक्रम अब्दुल अझिजले बताएका छन्।

मेयर अझिजले १५ हजारभन्दा बढी मानिस बेपत्ता रहेको बताउँदै मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। बाढीले तहसनहस पारेको सहरमा शवहरु यत्रतत्र छरिएको अवस्थामा भेटिएका छन्।

डेनियल आँधीका कारण आएको बाढीले डेर्ना सहरको तटीय क्षेत्रका दुईवटा बाँध भत्काएको छ। जसमध्ये सबैभन्दा ठूलो २ सय ३० फिट अग्लो बाँध भत्किँदा बाढी सहरमा पसेको हो। उद्धारमा खटेका झण्डै डेढ सय सैनिक बेपत्ता भएका छन्।

बाढीले सहरको एकमात्र विमानस्थलसमेत खण्डहर बनेपछि उद्धारका लागिसमेत समस्या भएको छ। विभिन्न देशले उद्धारकर्मी पठाएको अलजजिराले उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट