दुई सैनिक समूहबीच झडप हुँदा सुडान तनावग्रस्त, सरकारी भवनमा बम विस्फोट

काठमाडौं– सुडानमा दुई सैनिक समुहबीच झडप भएको छ। सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच झडप भएको हो।

दुई सैनिक समुहबीच भएको हिंसात्मक झडपले सुडानमा उग्र रुप लिएको छ। सुडानी सेनाको जनरल कमाण्डको मुख्यालय वरपर आइतबार दोस्रो दिन पनि भिडन्त जारी रह्यो।

भिडन्तका क्रममा मध्य खार्तुनस्थित सेनाको जनरल कमाण्डको पश्चिममा रहेको सरकारी मुख्यालय र भवनहरुमा आगो लागेको छ। जहाँ वम विस्फोट भएको जनाईएको छ।

सुडानको सबैभन्दा ठूलो तेल कम्पनीमध्ये एक ग्रेटर नाइल पेट्रोलियम अपरेटिङ कम्पनीको टावरमा आगो लागेको देखिएको छ। सुडानी अथोरेटि फर स्पेसिफिकेशन एण्ड मापनमेण्टको भवनका साथै खार्तुममा रहेको सुडानी न्याय मन्त्रालयको टावरमा पनि आगो लागेको छ।

विभिन्न सरकारी भवनहरुमा बमबारी भएको जनाईएको छ। अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र आरएसएफबीच भइरहको झडपमा ३ हजार बढीको ज्यान गइसकेको छ। उक्त झडपका क्रममा ६ हजार बढी घाइते भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट