देशका अधिकांश भिआईपी सहभागि भएको राष्ट्रपतिको रात्रिभोजमा किन गएनन् ओली र बालेन्द्र ?

काठमाण्डौं– संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालयले शीतल निवासमा आयोजना गरेको रात्रिभोजसहितको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अनुपस्थित भएका छन्।

राष्ट्रपति राचन्द्र पौडेलले बुधबार साँझ आयोजना गरेको रात्रिभोजमा अन्य प्रायः सवै भीआइपीहरुको उपस्थिती थियो। तर, ओली र साह त्यहाँ देखिएनन्।

राष्ट्रपति कार्यालयका अनुसार एमाले अध्यक्ष ओली र मेयर साह दुवैलाई रात्रिभोजको निम्तो थियो। नक्सालको नारायणचौरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा सहभागी भएका ओली पौडेलको भोजमा भने गएनन्।

ओली बुधबार बिहान नारायणचौरमै भएको राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रममा पनि सहभागी थिए। यसअघि राष्ट्रपति पौडेलले डाकेको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष ओली गएका थिएनन्।

मेयर बालेन्द्र साहले भने संघीय सरकार अन्र्गत हुने अधिकांश कार्यक्रममा वेवास्ता गर्दै आएका छन्। केही दिनअघि सुत्केरी श्रीमती चढेको महानगरको सरकारी गाडी ट्राफिकले रोकेको विषयमा उनले सिंहदरबार नै जलाउने धम्की दिएका थिए।

बास्तविक कुरा वाहिर आएपछि उनको ब्यापाक आलोचना भयो। त्यसपछि उनले धम्कीसहितका फेसबुक स्ट्याटस सुटुक्कै हटाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट