५ वर्षिय बालकले चकलेट सम्झेर यौन वर्धक औषधीको चार चक्की एकै पटक खाएपछि…
राजविराज– भारतको विहार स्थित खगडिया जिल्लामा एक ५ वर्षिय बालकले चकलेट सम्झेर एकै पटक चार गोली यौनवर्धक औधषी खाएपछि घरदेखि अस्पतालसम्म हाहाकार भएको छ। खगडिया जिल्लाका एक दम्पत्तिले शुक्रवार आफनो ५ वर्षको छोरालाई उपचारका लागि सदर अस्पतालमा पुर्याएपछि यो कुरा सार्वजनिक भएको हो।
बालकलाई अस्पताल पुर्याएपछि डाक्टर बरकत अलीले विरामीका विषयमा सोधपुछ गरे। त्यसपछि अभिभावकले दिएको जवाफ सुनेर डाक्टरहरुकै पसिना छुट्यो। उनीहरु आत्तिएर यता र उता दौडिन थाले। त्यसको कारण थियो – भारतको मेडिकल इतिहाँसमा अहिलेसम्म यस विषयमा कुनै अनुशन्धानै भएको थिएन।
परिवारका सदस्यका अनुसार यौन वर्धक औषधी खाएपछि बालक सिकिस्त भए। धेरै पसिना आउने र लिङ्गमा समस्या देखिन थाल्यो। बालकको अवस्था विग्रदै गएपछि उनीहरुले अस्पताल लैजाने निधो गरे।
जव डाक्टरले सवै कुरा सुने उनीहरु हैरान भए। सम्योगवस उनलाई पटनाको एम्स अस्पालमा शिशु रोग विशेषज्ञका रुपमा कार्यरत एक जना साथीको याद आयो। उनले साथीलाई फोन गरेर समस्याको वेलिविस्तार लगाए। उनको पनि दिमागले काम गरेन। उनले ‘अहिलेसम्म यस विषयमा कुनै रिसर्च पनि नभएको र दवाई पनि नभएको’ जवाफ दिए। तर, उनले दिएको एउटा सुझावले भने सवैलाई राहत दिलायो।
‘कुनै उपाय गरेर वच्चालाई बान्ता (वमिट) गराउन सके औषधीको असर कम हुन्छ’ भनेपछि खगडिया अस्पतालका डाक्टरले बालकलाई नुनको घोल (नुनपानी) खुवाए। करीब एक घण्टापछि बच्चालाई आराम महसूस भयो। लिङ्गमा देखिएको समस्या पनि कम हुँदै गयो। त्यसपछि पनि डाक्टरले बालकलाई निकै वेरसम्म आफनै निगरानीमा राखे।
नवभारत टाईन्सले डाक्टरहरुलाई उधृत गर्दै बताए अनुसार सेक्स पावर बढाउने चार गोलीले एउटा सामान्य मान्छेको पनि मुटुको धड्कन वढाउँछ। ब्लड प्रेशर अचानक वढ्छ। यसैगरी, बेचैनी हुने र समयमा उपचार नभए मान्छेको मृत्यु समेत हुने सम्भावना रहन्छ।