हिमाचल प्रदेशका प्रकोप पीडितलाई आमिर खानले दिए २५ लाख

हिमाचल प्रदेशका प्रकोपबाट प्रभावित परिवारलाई सहयोग गर्न बलिउड अभिनेता आमिर खान पुगेका छन्।
उनले प्रदेश सरकारले बनाएको आपतकालीन सहायता कोष २०२३ मा २५ लाख रुपैयाँ सहयोग गरेका छन्। आमिरले विपत्तिबाट ठूलो क्षति भएका परिवारलाई सहयोग गरेका हुन्।
बलिउड स्टार खान आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनका यस्तै घटनाका कारण पनि चर्चामा आउने गर्छन् ।
मुख्यमन्त्री ठाकुर सुखविन्दर सिंह सखुले अमूल्य सहयोगका लागि आमिर खानप्रति कृतज्ञता व्यक्त गर्दै यस सहयोगले विपद्पछि पीडित परिवारलाई राहत र पुनःस्थापनाको प्रयासमा निस्सन्देह सहयोग पुग्ने बताएका छन् ।
हिमाचल प्रदेशमा प्रकोपले धेरै क्षति पु-याएको छ भने ठूला भवनहरु ध्वस्त भएका छन्। प्राकृतिक प्रकोपमा परी ६० जना भन्दा वढिको मृत्यु भएको छ।
प्रतिक्रिया