पार्टी कार्यालयमा जनवादी विवाह गरेका विप्लव पुत्रले किन लुकाए इंगेजमेन्ट र होटलको रिसेप्सन

काठमाण्डौं– कपिलवस्तुको शिवगढीमा रहेको पार्टी मुख्यालयमा ‘जनवादी विवाह’ गरेर समाजका लागि उदाहरण प्रश्तुत गरेको दावी गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाशको विवाह अहिले चर्चामा छ।
पार्टीमा निवेदन हालेर परम्परागत विवाहको विरोध गर्दै बुधवार सामान्य विवाह गरेका उनले विवाहपूर्व पार्टी प्यालेसमा हल्दी समारोहसहित भब्य इंगेजमेन्ट गरेको र विवाह पछि पनि भरतपुरको एक होटलमा रिसेप्सन राखेका कारण पनि यो विवाह चर्चामा छ।
विवाह समारोहमा प्रकाश र मान्यताले आफुहरु आठ वर्षदेखि प्रेम सम्बन्धमा रहेको भन्दै जनवादी विवाहका लागि पार्टीमा निवेदन दिएको खुलाएका थिए। उनीहरुले दाईजो तथा गहनाले छोपेर गरिने विवाहको परम्परालाई आफुहरुले तोडेको भन्न समेत भ्याए। प्रकाशले आफूहरूले २५ हजारको ‘प्रेम कोष’ स्थापना गर्ने घोषणा पनि गरे ।
तर, विवाहसँगै यसअघि चितवनको पार्टी प्यालेसमा भब्य इंंगेजमेन्ट गरेको तथ्य पनि चर्चामा छ। जुन कुरा प्रकाश र मान्यताले लुकाउन खोजेका छन्। विवाहपछि पनि भरतपुर बसपार्कमा रहेको सेरिन बुटिक होटलमा विहिवार रिसेप्सन पार्टी समेत राखिएको छ।
तर, आगन्तुकहरुलाई प्रकाशको तर्फबाट नभई मान्यताकी आमा मुना थापाको नामबाट निमन्त्रण बाँडिएको छ।