धर्मगुरु श्रीनिवास आचार्य पक्राउ, भोली धनुषा पठाईने
विराटनगर– धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् । उत्तेजक अभिव्यक्ति दिएर हिंसा फैलाउन खोजेको आरोपमा उनलाई पक्राउ गरिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले आचार्यलाई सुनसरीको प्रकाशपुरबाटप क्राउ गरेको हो ।
१ साता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका आचार्य विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गराएको थियो। आचार्यलाई बुधवार धनुषा पठाइने जनाएको छ।
सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका आचार्य यस अघि आफैलाई गोली हान्न लगाइ धार्मिक द्वेष फैलाउन खोजेको अभियोगमा पनि पक्राउ परेका थिए ।
प्रतिक्रिया