रुसको आक्रमणमा युक्रेनको एकै गाउँका ५१ जना सर्वसाधारणको मृत्यु, सार्वजनिक भए भयानक तस्विर

काठमाण्डौं– रुसको आक्रमणमा युक्रेनको एउटै गाउँका ५१ जना सर्वसाधारणको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणमा पूर्वी युक्रेनमा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएका छन्।

गाउँको एउटा क्याफेमा रुसी इस्कन्डर मिसाइलले आक्रमण गरेको बताइएको छ। ह्रोजा गाउँबाट आएका तस्बिरहरू हृदयविदारक छन्। खार्किभ क्षेत्रका प्रमुख ओलेह सिन्येहुबोभले मृतकहरू सबै ह्रोजा गाउँका रहेको बताए।

सन २०२० को जनगणना अनुसार यो गाउँमा ५०१ जना मानिस बस्थे। यो घट्नाले गाउँका १० प्रतिशत मानिसको मृत्यु भएको जनाईएको छ।

यूक्रेनका गृहमन्त्री ल्होर क्लिमेंकोले एक यूक्रेनी टीवी च्यानलबाट बताए अनुसार गाउँमा एक जना मृतकको अन्तिम संस्कारका लागि मानिसहरु जम्मा भएको समयमा आक्रमण भयो। त्यहाँ करिव ३ सय जनाको उपस्थिती थियो।

ह्रोजामा भएको आक्रमणलाई संयुक्त राष्ट्र संघले ‘भयानक’ भनेको छ। यूक्रेनका लागि संयुक्त राष्ट्र संघका मानवीय सहायता कोआर्डिनेटर डेनिस ब्राउनले नागरिक वा नागरिकको वस्तिलाई लक्षित गरेर आक्रमण गर्नु युद्ध अपराध भएको वताएका छन्। – एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट