बझाङमा मध्येराती ५.२ रेक्टर स्केलको भुकम्प, एकपछि अर्को धक्का

बझाङ– बझाङमा गएराति १२ बजेर २२ मिनेट जाँदा पनि ५.२ रेक्टर स्केलको भुकम्प गएको छ।

भूकम्पविद् डा शिव सुवेदीले गएराति सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्र भएर सो भूकम्प गएको जानकारी दिए ।

बझाङमा गत मङ्गलबार यता पटक पटक भूकम्पको परकम्प गएका छन् । गत मङ्गलबार पनि भातेखोला केन्द्र बनाएर भूकम्प जाँदा एक जनाको निधन र २० जना घाइते भएका थिए । साथै भौतिक संरचनामा क्षति समेत पुगेको थियो ।

अहिले स्थानीय खुला चौरमा जम्मा भएका छन् । सुतेको बेलामा भूकम्पको धक्का आएपछि भागदौडको स्थिति आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट