अवका कुनै पनि खेल नखेल्ने भन्दै सन्दीप लामिछानेद्वारा राष्ट्रिय टीमबाट नाम फिर्ता

राजविराज– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले राष्ट्रिय टोलीबाट आफनो नाम फिर्ता लिएका छन्। उनले यथास्थितीमा अवका कुनै पनि खेल नखेल्ने घोषणा गर्दै नाम फिर्ता लिएको घोषणा गरेका हुन।

बिहीबार राति सामाजिक सञ्जालमा लेखेर उनले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन्। उनले यो समयमा आफैँलाई नयाँ जीवन दिन र परिवारसँग समय बिताउन चाहेको बताएका छन्।

‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु’, उनले भनेका छन्, ‘मैले अहिलेसम्म पाएको शुभकामना र आशीर्वादका लागि धन्यवाद दिन चाहन्छु।’

लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि जिल्ला अदालत काठमाडौले पेसि स्थगित गरेको थियो ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए । उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइपुग्नुभएको छैन । गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’

पटकपटक मुद्दा स्थगित हुदा मानसिक तनाव बढेको भन्दै उनले केही दिन अघि क्यान अध्यक्ष चतुर बहादुर चन्द र सचिव पारस खड्कालाई मुद्दा किनारा नलागेसम्म खेल खेल्न नसक्ने बताएका थिए। उनले बरु आफू जेल जान तयार भएको भन्दै छिटो मुद्दा फैसला होस भन्ने चाहेको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट