भएका दुई हेलिकप्टर दुर्घटनामा सकिएपछि मनाङ एयरको ‘एयर अपरेटर सर्टिफिकेट’ निलम्बन !

काठमाडौं– दुर्घटनामा परेर भएका दुई वटा हेलिकप्टर सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको ‘एयर अपरेटर सर्टिफिकेट’ निलम्बन गरेको छ।

प्राधिकरणले शनिबार एक सूचना जारी गरी अर्को सूचना जारी नहुँदासम्म मनाङ एयर प्रालिको अपरेटर सर्टिफिकेट निलम्बन गरिएको जनाएको हो।

मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर शनिवार सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा दुर्घटना भएको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ः१३ बजे उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका छन्।

यसअघि मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर २६ असारमा पनि दुर्घटनामा परेको थियो। अव मनाङ एयरसँग कुनै पनि हेलिकप्टर सञ्चालनमा छैन। हेलिकप्टर नै वाँकी नरहेपछि प्राधिकरणले कारवाहीको नाटक मञ्चन गरेको भन्दै आलोचना भईरहेको छ।

प्राधिकरणले मनाङ एयरलाई कारवाही गरेर ‘मरेको बाघको जुँगा उखेलेको’ भन्दै आलोचकहरुले प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट