पाँचथरको हिलिहाङमा घरको छानामाथि खस्यो ट्यास्सी, २ जना गम्भिर घाईते

विराटनगर– पाँचथरको हिलिहाङ गाउँपालिका–७ टाहारीमा बुधबार दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । घाईते मध्ये २ जनाको अवस्था गम्भिर छ।

झापाको बिर्तामोडबाट पाँचथरको ओयाम हिँडेको को १ ज ५१३३ नम्बरको ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो । घरमा मान्छे नभएकाले थप मानवीय क्षति भने हुन पाएन।

दुर्घटनामा याङवरक–३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक–७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय बिनिता मैनाली घाइते भएका छन्।

घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुलाई उपचारका लागि झापा रेफर गरिएको छ।

ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। न्यौपानेको पनि टाउकोमा चोट लागेको डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट