फ्रिफायर खेल्न दिने लोभ देखाएर ७ वर्षिया बालिकाको बलात्कारपछि हत्या गरेको खुलासा

भोजपुर– भोजपुरमा मृत अवस्थामा ओढारमा भेटिएकी बालिकालाई फ्रिफायर खेल्न दिने प्रलोभनमा पारी बलात्कारपछि हत्या गरेको खुलेको छ।

भोजपुर आमचोक गाउँपालिका. ६ थुन्कीकी नाबालिका आफ्नै घरमा खेली रहेको अवस्थामा विहिवार साँझ हराएकी थिईन। खोजतलासका क्रममा शनिवार विहान ८ बजे घर देखी साढे एक किलोमिटर पर रहेको आमचोक गाउँपालिका ६ टेङलुङछुकको जङ्गलको ओढारमा उनको शव भेटिएको छ।

गुफामा पानीमुनी लुकाएको अवस्थामा शव फेला पारेको थियो। बालिकाको कम्मर मुनीको कपडासमेत खोलिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले छिमेकी २१ वर्षिय दिपचन्द्र राईलाई शुक्रवार दिउसो ११ बजे पक्राउ गरेको छ। केराकार गर्दा शंकास्पद कुरा गरेको र उनको कपडा खोलेर हेर्दा ढाडमा कोतरिएको दाग देखिएको थियो।

घटनास्थलको अवस्था र युवाले सकारे अनुसार उनले ती सात वर्षीय बालिकाको बलात्कारपछि हत्या गरेको देखिएको छ। प्रारम्भिक अनुसन्धानमा ती युवाले फ्रिफायर खेल्न दिने भन्दै लोभ्याएर बालिकालाई लगेर बलात्कार गरेको खुलेको प्रहरीले जानकारी दियो।

‘बलात्कार गर्दा बालिकाले प्रतिकार गर्दा ढाडमा कोतरियो। पछि उनले बालिकाकै हत्या गरे।’ एक प्रहरी अधिकारीले भने। जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकका अनुसार बालिका बिहीबार बेलुका ६ बजेतिर हराएकी थिइन्। हराएको भन्दै प्रहरीमा शुक्रवार उजुरी आएको थियो।

इलाका प्रहरी कार्यालय बोयाङ भोजपुरमा टेलिफोनबाट जानकारी आएपछि प्रहरीले प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी नायब निरीक्षकको कमान्डमा प्रहरी टोली खटाएको थियो।

सम्वन्धित खबर

घरबाटै हराएकी ७ वर्षीया बालिका गुफाभित्र मृत भेटिइन्, बलात्कारपछि हत्या गरेको आशंका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट