घरबाटै हराएकी ७ वर्षीया बालिका गुफाभित्र मृत भेटिइन्, बलात्कारपछि हत्या गरेको आशंका

भोजपुर– भोजपुरमा शुक्रबार घरमा खेल्दाखेल्दै हराएकी ७ वर्षिय बालिका शनिवार गुफामा मृत फेला परेकी छन् ।

आमचोक गाउँपालिका–६, थुन्कीका देवचन्द्र राईकी छोरी आकृतिको शव शनिवार गुफामा फेला परेको हो।

घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा बालिका मृत फेला परेको प्रहरीले जनाएको छ। कम्मरमुनीको कपडा खोलिएको अवस्थामा गुफाको पानीमुनि शव फेला परेकाले बलात्कारपछि हत्या गरको हुन सक्ने आशंका गरिएको छ।

बालिका हराएको सूचना पाएपछि प्रहरीले शुक्रबार राति ११ बजे सोही ठाउँका दिपचन्द्र राईलाई पक्राउ गरेको छ। उनकै बयानका आधारमा आज बिहान बालिकाको शव फेला परहेको प्रहरीले जनाएको छ ।

घटना शंकास्पद रहेको र थप अनुसन्धान सुरु गरेको भोजपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट