अपडेटः धादिङको खरी क्षेत्र भएर ६.१ रेक्टरको भूकम्प
काठमाडौं– धादिङ केन्द्रविन्दु भएर आज (आइतबार) बिहान ७ बजेर ४० मिनेट जाँदा ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। भुकम्पले उपत्यकालाई राम्रै हल्लाएको छ। काठमाण्डौंवासी घर वाहिर निस्किएका छन्।
धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको भूकम्प छिमेकी देशमा पनि महसुस भएको जनाईएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले धादिङको खरी क्षेत्र आसपास केन्द्रबिन्दु भएर ६ १ रेक्टरको भूकम्प गएको बताए।
मध्यमस्तरको भूकम्प गएको उनको भनाई छ। यतिको भूकम्पले क्षति गर्न सक्ने उनले बताए। क्षतीको विवरण प्राप्त भएको छैन। अधिकारीले उनले भूकम्पको केन्द्रबिन्दु काठमाडौँ उपत्यकाकाबाट झण्डै ५५ किलोमिटर टाढा गोरखा नजिक भएको बताए।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
