देव खनालको सतकमा यूएईलाई नेपाले दियो २८१ रनको लक्ष्य, हरित शेट्टी एक्लैले लिए नेपालको ५ विकेट

काठमाडौं– यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ । यसका लागि कप्तान देव खनालले सतक बनाएका छन्।

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालको सुरुवात निकै खराव थियो। तर, खनालको शतकको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर नेपालले २८० रन बनायो ।

नेपालले १४ रन जोड्दा २ विकेट गुमाएको थियो। खनालले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भएपछि उत्तम थापा मगरसँग पनि ४५ रनको साझेदारी गरे।

खनालले ९० बलमा शतक रन पुरा गरेका थिए । थप दुई बल सामाना गरेका उनी १०० रनमै आउट भए । उत्तमले पनि अर्धशतक पुरा गरे । पाँचौं विकेटका दिपक डुम्रेका लागि ५८ रनको साझेदारी गरेका उत्तम ५३ रनमा आउट भए ।

यूएईका हरित शेट्टी एक्लैले ५ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट