भारतीय धनाढ्य मुकेश अम्बानीलाई २० करोड माग्दै ज्यान मार्ने धम्की

काठमाडौं– भारतीय धनाढ्य मुकेश अम्बानीसँग २० करोड माग गर्दै ज्यान मार्ने धम्की दिईएको छ। मुम्बई पुलिसका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका अम्बानीलाई एक अज्ञात व्यक्तिले इमेल मार्फत माग गरेको रकम नतिरे मार्ने बताएका हुन् ।

‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्।’ इमेलमा भनिएको छ। शादाब खान नामका व्यक्तिले २७ अक्टोबरमा यो धम्की पठाएका थिए । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

मुकेश अम्बानीलाई गत वर्ष मार्ने धम्की आएको थियो। त्यस आरोपमा बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए ।
सन २०२१ मा अम्बानीको घर नजिकै विस्फोटक पदार्थले भरिएको एसयूभी भेटिएको थियो ।
एजेन्सीको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट