१६ दिने छोरीको घाँटी रेटिरहेको अवस्थामा यसरी पक्राउ परिन निर्मा

काठमाडौं– चक्कुले आफनै नवजाती शिशुको घाँटी रेटिरहेकी दाङको लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरी पक्राउ परेकी छिन्।

१६ दिने शिशु छोरीको हत्या गर्न खोजेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

निर्माले बुधबार दिउँसो घर पछाडि लगेर छोरीको घाँटी रेटिरहेको अवस्थामा उनका देवरले फेला पारेका थिए। उनले निर्माको हातबाट शिशुलाई खोखेर अस्पताल भर्ना गराएका छन्।

१६ दिने शिशुको घाँटीमा चक्कुले रेटेको घाउ रहेकाले उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले बताए।

निर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निर्माको मानसिक स्वास्थ्यमा समस्या देखिएकाले हिरासतबाटै उपचारका लागि पहल थालिएको वडा प्रहरी कार्यालय लमहीका इन्स्पेक्टर शंकर श्रेष्ठले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट