कलैयामा बोर्डिङका प्रिन्सिपलको गोली हानी हत्या, हत्यारा फरार

विरगन्ज– अज्ञात ब्यक्तिको गोली प्रहारबाट बाराको कलैया उपमहानगरपालिका–६, मदरसाटोल स्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको मृत्यु भएको छ।

उपचारका क्रममा सोमबार दिउँसो करिब २ बजेतिर स्वर्णकारको वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो।

स्वर्णकारलाई मोटरसाइकल चढेर आएका व्यक्तिहरूले सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका थिए। उनको घाँटी र टाउकोमा ३ गोली लागेको थियो।

स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेका थिए। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट