शक्तिशाली भूकम्पपछि १५७ को मृत्यु, १७५ वटै परकम्प

काठमाडौं– जाजरकोटमा शनिवार गएको शक्तिशाली भूकम्प पछि त्यस क्षेत्रमा लगातार साना–ठूला परकम्प गइरहेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
ठूलो भूकम्पपछि पनि साना–ठूला परकम्प गइरहेको भूकम्प अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रको तथ्यांकअनुसार शुक्रबार राति १४ः४७ बजेदेखि आज अपराह्नसम्म १७५ वटा साना–ठूला परकम्प रेकर्ड भएका छन्। त्यसमध्ये पाँच वटा चार म्याग्निच्युडभन्दा ठूला छन्।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जनधनको ठूलो क्षति गरेको छ। भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने २ सयभन्दा घाइते भएका छन्। जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।
प्रतिक्रिया