राष्ट्रपतिको हेलिकप्टर ल्याण्ड गर्न भूकम्पपीडितको बस्ती नै हटाईयो, स्थानीय आक्रोशित (फोटो फिचर)

काठमाडौं– भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार जाजरकोटको भेरी नगरपालिकास्थित थाप्ले पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको हेलिकप्टर ल्यान्ड गराउन भूकम्पपीडितको बस्ती नै खाली गरिएको छ।

राष्ट्रपतिको हेलिकप्टर ल्यान्ड गरिएको ठाउँमा भूकम्प प्रभावितहरुलाई बास बस्नका टेन्ट टाँगिएका थिए। राष्ट्रपति जाजरकोट आउने भएपछि जाजरकोटको सदरकुकामसमेत रहेको भेरी नगरपालिकास्थित चौर खाली गराईएको थियो।

कात्तिक १७ गते राति ११ः४७ बजेको समयमा गएको भूकम्पबाट प्रभावितहरुलाई स्थानीय सरकारले टेन्ट हालेर बासको व्यवस्था गरेको थियो। भुकम्प पीडितले राष्ट्रपतिको आगमनलाई आशापूर्वक हेरेका थिए। तर उल्टै बस्ती नै खाली गरिएकोमा स्थानीय आक्रोशित भएका थिए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी सन्तोस रोकाले राष्ट्रपति पौडेल जाजरकोटका भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएको जानकारी दिए। त्यस्तै सीडीओ सुरेश सुनारले राष्ट्रपति पौडेलले जाजरकोटका भूकम्प प्रभावित क्षेत्र भेरी नगरपालिका र बारेकोट गाउँपालिकाको अनुगमन गरेर फर्किएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट