गोरखामा मध्येराति आगलागी हुँदा जलेर आमा र छोराको मृत्यु

गोरखा– गोरखामा शनिबार राति घरमा आगलागी हुँदा जलेर आमा र छोराको मृत्यु भएको छ।

गोरखाको धार्चे गाउँपालिका– १ हुल्चुकमा भएको आगलागीमा ७५ वर्षीया कान्छी गुरुङ र उनका छोरा ३९ वर्षीय चन्द्रसिंह गुरुङको मृत्यु भएको हो।

आगलागीको कारण खुलेको छैन। घर आगलागीमा परी नष्ट भएको र आमाछोराको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए।

इलाका प्रहरी कार्यालय आरुघाटबाट घटनाको अनुसन्धानका लागि प्रहरी टोली पठाइएको श्रेष्ठले जानकारी दिए ।

शनिबार राति करिब १० बजेतिर घरमा आगलागी भएको स्थानीयहरूले बताए । चिसो बढेसँगै अगेनामा फुकेको आगो सल्किएर घटना भएको हुनसक्ने वडाध्यक्ष रामसिहं गुरुङले बताए । आगलागीमा मृत्यु भएका चन्द्रसिहं बोल्न र हिँडडुल गर्न नसक्ने अपांगता भएका व्यक्ति हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट