अमेरिका भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति सी चिनफिङ, सुधार होला वाईडेनसँगको सम्वन्ध ?
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन्।
चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा राष्ट्रपति सी र अमेरिकी समकक्षी जो बाइडेनबीच पनि भेटवार्ता हुने बुझिएको छ।
दुई देशबीचको सम्बन्धलाई स्थिर बनाउने प्रयासका रूपमा दुई नेताबीच भेट गराउन लागिएको समाचार एजेन्सीहरूले बताएका छन्।
गत नोभेम्बरमा इन्डोनेसियाको बालीमा सम्पन्न जी–२० को बैठकका क्रममा यी दुई राष्ट्रपतिबीच भेट भएको थियो।
उक्त बैठकमा दुवै राष्ट्रपतिले प्रत्यक्ष कूटनीतिको महत्वमाथि जोड दिँदै अमेरिका–चीन सम्बन्धलाई सही मार्गमा ल्याउन सकिने आशा व्यक्त गरेका थिए।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

