सेनाका पूर्वजर्नेलले चलाएको जुवाको खालमा प्रहरीको छापा, ८ जना पक्राउ

काठमाडौं– नेपाली सेनाका पूर्वजर्नेल (पूर्वउपरथी) ले सञ्चालन गरेको जुवाको खालबाट प्रहरीले मंगलबार उनीसहित ८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अधिकांश ब्यवसायी छन्।

पूर्व जर्नेलले नियमित रुपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, ललितपुरले अनुशन्धान सुरु गरेको थियो। उनले घरमै जुवा खेलाउने गरेको सूचना प्रहरीलाई थियो।

तर, प्रहरीले जुवाखालको बारेमा जानकारी पाएको सुँईको पाएपछि उनले क्लासिक टावरको ए ब्लकमा खाल सारेका थिए। प्रहरीले त्यहीँ छापा मारेर उनीसहित ८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीको विशेष अपरेशनमा पक्राउ पर्नेमा ललितपुरका केही व्यवसायीहरु छन्। उनीहरुलाई जुवा ऐनअन्तरगत म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ। जुवाको खालबाट प्रहरीले १६ लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेकाहरुको पहिचान प्रहरीले खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट