२५७ कर्मचारीका लागि लोक सेवा आयोगले खोल्यो भ्याकेन्सी

काठमाडौं– लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ २५७ कर्मचारी मागेको छ। आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी उक्त परिमाणमा कर्मचारी मागेको हो।

प्राविधिकतर्फ २१६, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको आयोगको सूचनामा उल्लेख छ।

उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने सूचनामा मंसिर १९ गतेभित्र दरखास्त दिन सकिने जनाईएको छ।

दरखास्त शुल्क १ हजार २ सय र एकै समूह, उपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ। आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट