लियोनल मेस्सीले जव उरुग्वेका डिफेन्डर ओलिभेराको घाँटी न्याके…

काठमाडौं– विश्वकप छनोट अन्तरगत शुक्रबार बिहान ब्युनोस आयर्समा भएको अर्जेन्टिना र उरुग्वेको भिडन्तका क्रममा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेराको घाँटी न्याकेपछि लियोनेल मेस्सी चर्चाको केन्द्रमा रहे।

खेलको २० औँ मिनेटमा उरुग्वेका डिफेन्डर म्याथियास ओलिभेरा र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डी पाउलबिच विवाद भएको थियो। दुई खेलाडीबिच मौखिक वादविवाद भइरहेको थियो, त्यति नै बेला मेस्सी प्रवेश गरेर विवादलाई थप उग्र बनाई दिए।

मेस्सीले पहिले कुहिनाले ओलिभेराको छातीमा हाने भने त्यसपछि देब्रे हातको उनको घाँटी समाएका थिए । ओलिभेरा भने मेस्सीको हर्कतभन्दा पनि पाउलसँग विवादमा व्यस्त थिए। त्यसको केही क्षणमा खेलाडीहरूले विवाद साम्य पारेका थिए।

सो खेलमा विश्व विजेता टोली अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भयो। अर्जेन्टिनालाई हराउन उरुग्वेका रोनाल्ड अराउहो र डार्विन नुनेजले एक–एक गोल गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट