दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा युवा संघका कार्यकर्ता पुगेपछि झडप

काठमाडौं– दुर्गा प्रसाईं नेतृत्वको अभियानलाई प्रदर्शनका लागि प्रशासनले तोकेको बल्खु क्षेत्रमा युवा संघका कार्यकर्ताहरू पुगेपछि दोहोरो झडप भएको छ।
केहीबेर अघिदेखि बल्खुमा दुई पक्षबीच भिडन्त भएको हो। दुई पक्षबीच ढुंगामुढा भएपछि त्यहाँको अवस्था तनावग्रस्त बन्दै गएको छ।
काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकिएको छ।
प्रतिक्रिया