भरुवा बन्दुकको गोली छातीमा लागेपछि…

विराटनगर– इलाममा गोली लागेर मृत्यु भएका एक ब्यक्तिको शव फेला परेको छ।
फाकफोकथुम गाउँपालिका–७ का ५५ वर्षीय मनबहादुर लिम्बूको शव फेला परेको हो। उनको छातीमा भरुवा बन्दुकको गोली लागेजस्तो चोट छ भने हातमा पनि चोट देखिएको प्रहरीले जनाएको छ।
फाकफोकथुम–७ का दौलत लिम्बूको घरको पश्चिमतिर मनकुमारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
लिम्बूको शवलाई पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रतिक्रिया