बुबाको हत्या गर्न छोराले बनाए कराईको हतियार !

दमक– कराई तथा दाउले हिर्काएर बुबाको हत्या गरेको आरोपमा प्रहरीले झापाको कमल गाउँपालिका–४ का २३ वर्षिय आशिष तामाङलाई पक्राउ गरेको छ।

बुबा अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या आरोपमा उनी पक्राउ परेका हुन। सोमबार बिहान साढे ६ बजे तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

डिएसपी रिजालका अनुसार आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेका हुन्। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ।

घटनापछि आशिष भागेका थिए। उनलाई प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले प्रहरीले सवा ७ बजे पक्राउ गरेको हो। घट्नाको थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट