लेनदेनमा कुरा नमिलेपछि ३२ वर्षका लिम्बुले एमाले कार्यकर्तालाई छप्काए

विराटनगर– लेनदेनको विषयमा कुरा नमिलेपछि ताप्लेजुङमा नेकपा एमालेका एक जना कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ।

फुङलिङ नगरपालिका–४ पाथीभरा होटल नजिकै एमाले कार्यकर्ता विवेक बानियामाथि खुकुरी प्रहार भएको हो। वानियाँ एमालेको भातृ संगठन अनेरास्ववियुका जिल्ला सह–संयोजक हुन।

उनीमाथि सोही होटल नजिक बस्ने ३२ वर्षीय प्रेमराज लिम्बूले सोमबार बिहान सवा १० बजेतिर खुकुरी प्रहार गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी ऋषिराम कंडेलले बताए।

उनका अनुसार लिम्बु र बानियाबीच पुरानो लेनदेनको विषयमा झगडा भएको थियो। त्यसैबीच लिम्बूले खुकुरी प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ।

बानियाको दाहिने घुँडामा चोट लागेको छ। उनको उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।

प्रहरीले लिम्बुको खोजी गरिरहेको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईले यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट