एउटै गाडीले तीन वटा मोटरसाईकलाई ठोक्यो, ६ जना घाईते

वनेपा– विपि राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ७ स्थित चौकीडाँडामा बोलेरो गाडीले तीन वटा मोरसाईकललाई ठक्कर दिएर ६ जनालाई घाईते बनाएको छ।
कुखुरा बोकेर काठमाडौंबाट पूर्व जाँदै गरेको प्र२–०२–००१ च ०८२८ नं को गाडीले बिपरित दिशामा जाँदै गरेका बा ६५ प १४०९, बा ८७ प ६९३६ र बा प्र ०२–०४५ प ५४३० नं को मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा तीनवटै मोटरसाइकलमा सवार ६ जना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सिन्धपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ की २१ की नविना न्यौपाने (टाउको र दाहिने खुट्टामा चोट), ग्याङलेक गाउँपालिका–४ का २५ वर्षिय रामलाल मोक्तान (दुवै खुट्टामा चोट), २४ वर्षिय सुशिल स्याङतान (दाहिने घुडामा चोट) र धादिङ घर भएका २० वर्षिया ममिता गुरुङ (दुवै घुँडामा चोट) घाईते भएका छन्।
घाईतेको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ भने सबै सवारी साधन र बोलेरो चालकलाई प्रहरी चौकी कटुन्जेको नियन्त्रणमा लिएको छ।