एमाले नेता ऐन महरको परस्त्री काण्ड छताछुल्लः ‘बर्बाद पार्छु’ भन्दै धम्की

राजविराज– नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरको यौनकाण्ड सामाजिक सञ्जालमा भाईरल भईरहेको छ। महर परस्त्रिसँग फसेको र उक्त सम्वन्धका कारण महिलाको परिवारिक सम्वन्ध विग्रिएपछि दुईबीच विवाद भईरहेको सम्बाद अडियोमा सुन्न सकिन्छ।

ती महिलाले ‘बर्बाद पार्छु’ भनेपछि ऐन महरले परिस्थितिलाई सहज वनाउने प्रयास गरिरहेका छन्। अडियोमा महरले ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र पतिसँग ‘डिभोर्स’ नगर्न सुझाएका छन्।

संवादको बिचमा अडियो रेकर्ड गरेकोबारे पनि महरले शंका गरेका छन्। दुवैले आफुलाई प्रयोग गर्न खोजेको भन्दै एकअर्कालाई आरोप लगाउँछन्। महिलाले दुई जनाको बिचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न आनाकानी गरेपछि सवै समस्या आएको भन्दै आक्रोश पोखेकी छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष महरले आफ्नो विरुद्ध लागेकाहरूले योजनाबद्ध रूपमा नक्कली अडियो बाहिर ल्याएको दावी गरे। उनले अडियोलाई फेक भन्दै सो बारे आफूले सामाजिक सञ्जालबाट थाहा पाएको बताएका छन्।

करिब ८ मिनेटको सो अडियोमा महिलाले घटना सार्वजनिक गर्न खोजेपछि ऐनले दबाब र धम्की दिएको आरोप लगाइएको छ । संवादमा महिलाले भनेकी छन्, ‘मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर?’

०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए।

सामाजिक सञ्जालमार्फत बाहिरिएको संवाद यस्तो छः

ऐनः म चाहिँ विश्वास र माया हो ।

महिलाः मैले चाहिँ विश्वास गरेका हैन ?

ऐनः हिजो जसरी म तँलाई बर्बाद पार्छु सिध्याउँछु तिमिले दुनियाँ कुरा जुन भन्यौँ त्यो कुराले म असाध्यै अचम्मित भयभीत र त्रसित भा’को हु । तिमीसँगको जुन माया र विश्वास थियो अब त्यो चाहिँ रहेन ।

महिलाः अब के रह्यो त बाँकी ? म सँग पनि विश्वासको कुरा नै रहेन निँ तपाईँको ।

ऐनः मैले जे कुरा भनेपछि अन्यत्र लगेर सुनाउँदा रहेछौ । अरूको कुरा सुनेर मसँग झगडा गर्न आउँथ्यौ ।

महिलाः यति नराम्रो बनाउनु भो, तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या ?

ऐनः छैन, चरित्रहीन हैन । मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेको । तिमीले मसँग सम्बन्ध भयो भनिरहँदा मैले होइन, उसले रिसले भनिरहेको छ भनेर मैले जोगाएको हुँ ।

महिलाः मैले त सवैलाई (परिवार)मा भनेँ नि त । अब १० चोटि कत्ति एउटै कुरा गर्ने ? तपाईँले औषधी किन्देको भए केही हुने थिएन । तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको हो क्या । तपाईँले मलाइ जस्ट युज मात्रै गरेको रै’छ मलाई थाहा भयो । म कति रोएँ क्या त्यो बेला ।

ऐनः युज को कुरा गर्छौ, युज त तिमीले मलाई गरेको फिल भैराछ ।

महिलाः सेक्स गरेको भनेर औषधि किन्दिनु भनेर म (उसलाई) भन्नु ?

ऐनः तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?

महिलाः नोबाल्नु नत, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।

ऐनः ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?

महिलाः मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?

ऐनः मैले भाइहरूलाई पनि बोलाएर भनेँ । गल्ती भयो भाइ हो, ऊसँग नजिक थिएँ भनेको छु । तर, धम्की दिएको छैन ।

महिलाः धम्की किन दिएको छैन, घर वरपर आएर ? मलाई मार्ने भए मार्नु, म तपाईंकै अगाडि मर्दिन्छु ।

ऐनः मर्ने मार्ने कुरा नगर, मलाई मार्नु पनि छैन । मेरो कुरा के भने, तिम्रो पनि इज्जत जोगियोस् भविष्य बनोस् ।

महिलाः मेरो त भविष्य खतम भैसकेको छ । डिभोर्स गर्छु । तपाईँको के हो ?

ऐनः डिभोर्स नगर, मिलेर बस । जुन तिमीहरू मिलेकै छौँ नाटक जस्तो लागिरा’छ तिमीहरूको । अहिले मेरा विरुद्ध पनि सँगै हिँडिरहेका छौ । तर, हिजो जसरी भन्यौ म रातभर सुत्न सकेको छैन । डिभोर्स नगर, मिलेर बस त्यसको लागि के वातावरण बनाउनुपर्छ , मैले के सहयोग गर्नुपर्छ ? आत्मीयता, साथ सहयोग मेरो रहन्छ । कहिल्यै नराम्रो गर्दिनँ, नराम्रो सोच्दिनँ ।

महिलाः आज भने आज भोलि भने भोलि डिभोर्स दिन्छु, साइन गर्न बाँकी त हो नि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट