७० वर्षे महिलाले जन्माईन जुम्ल्याहा बच्चा, चमत्कार भएको प्रतिक्रिया

काठमाडौं– यूगान्डामा एक ७० वर्षे महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन्। त्यहाँको एउटा अस्पतालले जनाए अनुसार सफिना नामुक्वायाले आईभीएफ उपचारपछि उनले बच्चा जन्माएकी हुन।
राजधानी कम्पालास्थित एउटा प्रजनन केन्द्रमा शल्यक्रियामार्फत् सफिनाले एक छोरी र एक छोरा जन्माएकी हुन्। बुधवार मध्याह्न ती बच्चा जन्मिएका थिए। अस्पतालले ‘आमा र बच्चाहरू स्वस्थ रहेको’ जनाएको छ।
नामुक्वायाले तीन वर्षमा दोस्रो पटक बच्चा जन्माएकी हुन्। सन् २००० मा उनले एक छोरी जन्माएकी थिइन्।
उनी पाको उमेरमा बच्चा जन्माउने महिलाहरूको सूचीमा परेकी छन्। उनले ‘चमत्कार’ भएको बताइन्। उनलाई बधाई दिँदै अस्पतालले ‘यो चिकित्सकीय सफलताभन्दा पनि मानवीय भावना र चुनौती थेग्न सक्ने शक्तिको कुरा हो’ भनेको छ।
सफिना अफ्रिकाकी ७० वर्षीया महिला जुम्ल्याहा बच्चाकी आमा बनेको विमिन्स् हस्पिटल इन्टरन्याश्नल एन्ड फर्टिलिटी सेन्टरले आफ्नो फेसबुक पेजमा लेखेको छ।
महिलाहरू ४५ देखि ५५ वर्षको उमेरमा रजोनिवृत्तिमा जान्छन्। त्यो अवधिमा उनीहरूको प्रजनन शक्ति घट्दै जान्छ। चिकित्साविज्ञानमा भएको विकासका कारण पाको उमेरमा पनि बच्चा जन्माउन सम्भव बनेको छ।
इन–भिट्रो फर्टिलाइजेशन ‘आईभीएफ’ त्यसरी बच्चा जन्माउने एउटा उपाय हो। यो प्रक्रियामा महिलाको डिम्बलाई डिम्बाशयबाट बाहिर निकालिन्छ र प्रयोगशालामा शुक्राणुसँग मिलाइन्छ।
यसरी निषेचित डिम्बलाई भ्रुण भनिन्छ। त्यस्तो भ्रुणलाई महिलाको गर्भाशयमा राखिन्छ र शिशुको विकास हुन्छ।