स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, बसमा आगजनी

काठमाडौं– रुपन्देहीमा शनिबार बिहान स्कुल बसको ठक्करबाट २ जनाको मत्यु भएपछि बसमा आगजनी गरिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडकखण्डमा बिहान सूर्यपुरा ३ सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ कै २१ वर्षीय मोहम्मद इर्साद र १६ वर्षीया रुबिना खातुनको मृत्यु भएको हो। दुर्घटनामा स्थानीय १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन्।

उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनापछि बस चालक फरार छन्। आक्रोशित स्थानीयले ठक्कर दिने बस जलाउँदै सडकमा प्रदर्शन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट