कारागारबाट छुटेकै दिन वृद्धाको हत्या, यसरी पक्राउ परे बस्याल

काठमाडौं– चोरी मुद्दामा २० महिना कैद सजाय भोगेर कारागार मुक्त भएका धादिङका एक ब्यक्तिले छुटेकै दिन एक वृद्धको हत्या गरेका छन्। उनलाई प्रहरीले पक्राउ गरेको छ।

त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षीय वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको अभियोगमा स्थानीय ४० वर्षीय शिवबहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रका अनुसार बस्याल १५ मंसिरमा पक्राउ परेका हुन।

१४ मंसिरमा वृद्धाको घरमै शव फेला परेको थियो। अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थमा वृद्धाको शव भेटिएको एसपी मिश्रले वताए।

अनुसन्धानका क्रममा मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुलेको हो। हत्यामा संलग्न भएका सोही स्थानका ५४ वर्षीय टोपबहादुर सार्की र ४० वर्षीय सुनिल नेपाली पनि पक्राउ परेका छन्।

उनीहरुले आर्थिक प्रलोभन देखाइ बस्यालमार्फत वृद्धाको हत्या गरेको प्रहरीले जनाएको छ। एसपी मिश्रका अनुसार बस्याल सोही दिन कारागार मुक्त भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट