काम नगरिदिएको रिस फेर्न वडाध्यक्षको घरमा आगजनी, एक युवक पक्राउ

धनकुटा– धनकुटाको पाख्रीबास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गर्ने एक युवक पक्राउ परेका छन्। आगजनी गरेको आरोपमा प्रहरीले स्थानीय २० वर्षका सुशील अधिकारीलाई पक्राउ गरेको हो।

सोमबार मध्येराती करिव पौने एक वजे वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो। लगत्तै गाउँलेको सहयोगमा आगो निभाएको थियो। प्रहरीले उक्त घट्नामा संलग्न भएको आशंकामा अधिकारीलाई पक्राउ गरेको थियो।

सोधपुटका क्रममा उनैले आगजनी गरेको स्वीकार गरेको धनकुटा प्रहरीका एसपी कृष्णप्रसाद कोइरालाले बताए। आफूले भनेको काम नगरिदिएपछि वडाध्यक्षको घर आगो लगाई दिएको उनले वताएका छन्।

कोइरालाले गुरागाईँको परिवारलाई घरभित्रै थुनेर ज्यानै लिने नियतले आगजनी गरेको भने नदेखिएको प्रहरीले जनाएको छ। अनुशन्धानका क्रममा परिवारका सदस्य माथिल्लो तलामा सुतेको अवस्थामा तल्ला तलाको ढोकामा ताला लगाई आगजनी गरिएको थियो।

पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्पती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले भने ज्यानै मार्ने नियतले आगजनी गरिएको आरोप लगाउँदै आएका थिए।

घरमा वाहिरबाट ताला लगाएर आगजनी गरेपछि छिमेकीले सिढिको सहायताले आफुहरुको उद्वार गरेको अधिकारीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट